आयरल्यान्ड ए विरुद्ध बलिङ गर्दै नेपाल

आयरल्यान्ड ए विरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा अनिल कुमार साह, प्रतिश जि.सी, विवेक यादव र आकाश चन्दलाई बेन्चमा राखेको छ ।

नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा

आयरल्यान्ड ए प्लेइङ ११ : निल रक (कप्तान), रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, फिन हृयान्ड, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, मोर्गन टोप्पिङ र बेन हृवाइट ।