गुलसनले नै लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट

गुलसनले नै लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका गुल्सनकुमार झाले चौथो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालका गुल्सनले ८.१ ओभरमा आयरल्यान्ड वुल्भ्सका नेइल रकलाई कुशल मल्लबाट क्याच गराए । गुलसनले लिएको यो दोस्रो विकेट हो ।

जारी खेलको ८.२ ओभर समाप्त हुँदा आयरल्यान्ड वुल्भ्सले चार विकेट गुमाएर ५२ रन बनाएको छ ।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरे ।

यस्तै ललित राजवंशीले कोड कारमाइकलाई चौथो औभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे । यस्तै सातौ‌ ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो ।

भोलि आयरल्यान्डसँग खेलेपछि नेपाली टिम भारत जानेछ ।

नेपालले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।