आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी- २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङ राजेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडे । टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुई/दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन् ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम भारत जानेछ ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ ।