९५ प्रतिशत घटेर ईन्जिनियरिङ सेवाको प्रस्ताव

९५ प्रतिशत घटेर ईन्जिनियरिङ सेवाको प्रस्ताव

ईन्जिनियरहरु तरङ्गित



काठमाडौं । डुम्रे–बेशीशहर–चामे सडक आयोजनाअन्तरगतको ८ वटा पुल निर्माणको डिटेल ईन्जिनियरिङ डिजाईनमा ९५ प्रतिशत घटेको प्रस्ताव पास भएको छ । अनुमानित ६४ लाख रुपैयाँको कन्सल्टिङ सेवाका लागि प्राविधिक प्रस्ताव माग गरिएको थियो । उक्त प्रस्तावमा एक ईन्जिनियरिङ फर्मले ९५ प्रतिशत घटेर अर्थात् ३ लाख ५१ हजार रुपैयाँमा सेवा दिन तयार भएको छ । यो प्रस्ताव परियोजना प्रमुख राजेन्द्र दासले स्वीकृत गरेका हुन् । यो प्रस्ताव स्वीकृत भएसँगै नेपाल सरकारको प्रविधिक छनौट गर्ने क्षमता र ईन्जिनियरिङ सेवाप्रति सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।

युनिक इन्जिनियरिङ कन्स्लटेन्सी प्रा. लि. जुवागल ललितपुर प्रस्ताव गरिएको रकमको ५ प्रतिशतमा काम गर्न तयार भएको हो । डिटेल इन्जिनियरिङ सर्भेमा माटो परीक्षण र पुलको नक्सा पर्दछ । यति रकममा तनहुँ र लम्जुङमा पर्ने अधेरी, रिडी, दुवा, खहरे, पुमा, अर्खले, घोप्टे र राम बजार खोलामा निर्माण हुने पुलको माटो परीक्षण र नक्सा तयार गर्नुपर्नेछ ।

संधैं सडक र पुल बनाउने निर्माण व्यवसायीप्रति लक्षित भएर गाली गलौज गर्ने जनताले नेपालको ईन्जिनियरिङ सेवाबाटै समस्या सुरु हुँदो रहेछ भन्ने बुझनु पर्ने बेला आएको सामाजिक सञ्जालमा एकजनाले प्रतिक्रिया दिएका छन् । निर्माण कार्यहरु असफल हुँदा निर्माण व्यवसायीलाई दोष दिने गरिएको छ । सस्तोमा इन्जिनियरिङ सेवा लिएर फिल्ड डेटाको सट्टा अनुमानका आधारमा डिजाइन बनाउने इन्जिनियरबारे कसैले सोधीखोजी गर्दैन ।

वास्तवमा सबै ठेकेदार दोषी हुँदैनन् । अपर्याप्त रूपमा अनुसन्धान र प्रतिलिपि गरिएको डिजाइनहरूमा निहित नेपालको ईन्जिनियरिङ सेवाले धेरै निर्माण कार्यहरु असफल भएका छन् । यस्ता निर्माण कार्यहरु सधैं निर्माण व्यवसायीलाई दोष दिने गरिन्छ । तर वास्तविकता नेपालको ईन्जिनियरिङ पेशाभित्रका खराब प्रवृतिसमेत दोषीका भागिदार हुन् भन्ने बुझ्न जरुरी रहेको यस्ता घटनालाई पुष्टि गर्दैन र ?

यस्ता छन् सामाजिक सञ्जालमा प्रतिक्रिया