जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते


ग्लोब नेपाल
27
Shares

झापा । सँगै घाँसदाउरा गर्न गएको वेला झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ का दम्पतिमाथि जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट श्रीमान् पनि घाइते भएका छन् ।

मृत्यु हुनेमा शिवसताक्षी-११ वस्ने ६० बर्षीय पबित्रा भेटवाल रहनु भएको छ । मृतकका श्रीमान् ६२ बर्षीय घाइते दिलिप भेटवालको भने उपचार भइरहेको छ ।

बुधबार अपरान्ह पौने ५ बजे तिर शिवसताक्षी नगरपालिकाको रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएको समय हात्तीले आक्रमण गरेको थियो ।

मृतकको सनाखत गरी आवश्यक कारबाही बढाइएको छ भने घाईते भेटवालको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।