नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द



काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परिरहेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको खेल रद्द भएको हाे ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

त्रिवि मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।

आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० र एकदिवसीय खेल खेल्ने दुवै टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।