नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्बजनिक

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्बजनिक



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ ।

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुननसकेपछि क्यानले नयाँ तालिका सार्बजनिक गरेको हो ।  

नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

एकदिवसीय सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन् ।