काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
हानेपाले ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर अहिले बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन् ।
बज्राचार्यले आजै साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
२ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।
११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सांसदको समर्थ आवश्यक पर्छ । प्रदेशसभामा सत्ता गठबन्धनको एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद छन् । यस्तै, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
प्रतिक्रिया