बागमतीमा हानेपाका बज्राचार्यले लिए मन्त्री पदको शपथ

बागमतीमा हानेपाका बज्राचार्यले लिए मन्त्री पदको शपथ



मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ ।

सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो ।

सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत पुगेकाे छ ।