प्रधानमन्त्री दाहालद्वारा महासंघको साधारण सभा उद्घाटन (फोटोफिचर)

प्रधानमन्त्री दाहालद्वारा महासंघको साधारण सभा उद्घाटन (फोटोफिचर)



मकवापुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटन गरेका छन् । सभा उद्घाटनका लागि प्रधानमन्त्री शुक्रबार बिहान वागमती प्रदेशको राजधानी हेटौँडा पुगेका थिए ।

२५ औं वार्षिक साधारण सभा आज र भोली दुई दिन चल्ने महासंघका महासचिव रोशन दाहालले बताएका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहेकाे छ । साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।