आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य



काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।

पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछिका बलिङ कमजोर हुँदा आयरल्याण्डलाई थोरै रनमा रोक्न सकेन । नेपालका कमल ऐरीले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका हुन् ।

दसौं ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए । कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए ।

त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए । ४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए ।

त्यसपछि कमलसिंह ऐरीले नै चौथो विकेट लिए । उनले १५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराए । डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए ।

१९ औं ओभरको पहिलो बलमा पुनः कमल ऐरीले विकेट लिए । उनले कप्तान नेइल रकलाई आउट गरेका थिए। रक २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर खेलिरहेका थिए ।