आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक



काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटम मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ५२ बलमा आठ चौका र आठ छक्कासहित १०० रन पूरा गरे ।

नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।

जारी खेलेको १५.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १८३ रन बनाएको छ ।