काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
कोलकाताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।
त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
यो जितपछि कोलकाताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
दुई खेलमा दुई खेल जितेको कोलकाता अंकतालिकको दोस्रो स्थानमा छ भने तीन खेलमा दुई खेल हारेको बेंग्लोर अंकतालिकाको छैंटौं स्थानमा रहेको छ ।
आज राति लखनउ सुपर जायन्ट र पञ्जाब किंग्सबीच खेल हुँदैंछ ।
प्रतिक्रिया