बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान



काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)का अध्यक्ष मोहसिन नकवीले सेलेक्सन कमिटीको सिफारिसमा बाबरलाई कप्तान नियुक्त गरेका हुन् । शान मसूद भने टेस्ट टिमका कप्तान रहनेछन् । विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले नेतृत्व छाडेका थिए ।

बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । एक दिवसीय कप्तानभने पाकिस्तानले कसैलाई बनाएको थियो । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् । उनकै कप्तानीमा आसन्न टी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने छ ।

बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो । त्यतिबेला एक दिवसीय र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो ।