कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका हुन् । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिन लागे पनि अहिलेसम्म नेतृत्वको टुङ्गो भने लागिसकेको अवस्था छैन ।