काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कपिलवस्तु महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको अख्तियारको कार्यालय बुटवलका सूचना अधिकारी एवं उपसचिव ईश्वरप्रसाद आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार १५ हजार नगदसहित उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया