सुदूरपश्चिमकाे मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने गठबन्धनमा सहमति

सुदूरपश्चिमकाे मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने गठबन्धनमा सहमति

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ ।

बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्रीको अडान राख्दै आएका थिए ।

बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । यससँगै माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई आज एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको बताइएकाे छ ।