मुख्यमन्त्री जम्कट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

मुख्यमन्त्री जम्कट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस



बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वास मतका लागि प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।

गत फागुन २१ मा केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशबाट नेपाली कांग्रेस बाहिरिएको थियो । माओवादी केन्द्रका जम्कट्टेलले एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका समर्थनमा विश्वासको मत लिँदैछन् ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।