बागमतीमा राप्रपा र नेमकिपा तटस्थ बस्ने

बागमतीमा राप्रपा र नेमकिपा तटस्थ बस्ने



हेटौंडा । राप्रपा र र नेमकिपाले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिई तटस्थ बस्ने भएको छ ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने जानकारी गराएका हुन् ।

उनले राप्रपाका लागि कुनै पनि दल टाढा र नजिक नरहेको भन्दै तटस्थ बस्ने जानकारी गराए ।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिई तटस्थ बस्ने बताए ।

सोमबार प्रदेशसभामा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै सो पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्र गोसाईंले पार्टी तटस्थ रहने जानकारी दिए ।