भारतमा नेपालको लगातार दोस्रो जित

भारतमा नेपालको लगातार दोस्रो जित

बरोडा २७ रनले पराजित



काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ । शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो ।

मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

बरोडाका भानु पानियाले सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले २५, बाबा खानले २७ रन बनाए ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नेपालका केसीले ३, सोमपाल कामीले र अभिनाश बोहराले २/२, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । नेपालको जितमा कुशल मल्लले सर्वाधिक ४० रन बनाए ।

सन्दीप जोरा २९, ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भए । अनिल कुमार शाह २५, कप्तान रोहित पौडेल १८ र गुलशन झा १३ रनमा आउट भए ।

भारतबा बाबा खानले २, मोहित मोंगिया र पारीक्षित पाटीदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । अव नेपालले बुधबार गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।