आयरल्यान्ड वुल्सले नेपाल एलाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड वुल्सले नेपाल एलाई दियो १७५ रनको लक्ष्य



काठमाडौं । आयरल्यान्ड वुल्सले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो ।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृंखला बराबरी गर्ने लक्ष्यमा छ ।

आजको खेलपछि शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।