सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान



धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री दाबी पेस गर्न आह्वान भएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले शुक्रबार निकालेको विज्ञप्तिमा प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा दाबी पेस गर्न वैशाख २ गते आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।