फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त


ग्लोब नेपाल
108
Shares

काठमाडौं ।  भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदैछ ।गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखी शुरु हुने छ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको अन्तिम खेल आज

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदैछ ।

यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।