गुजरातविरुद्धको फाइनलमा नेपाल पहिले ब्याटिङ गर्दै

गुजरातविरुद्धको फाइनलमा नेपाल पहिले ब्याटिङ गर्दै



काठमाडौं । एसएमएस त्रिकोणात्मक टी–२० शृंखला खेल्ने क्रममा हाल भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले गुजरातविरुद्धको फाइनल खेलमा आइतबार पहिले ब्याटिङ गरेकाे छ ।

लिग चरणका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको हो । शृंखलामा तेस्रो टोलीको रुपमा बरोडा क्लब रहेको थियो ।

आज नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् । तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।