लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ, ४ सदस्यीय मन्त्रिपरिषद गठन

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ, ४ सदस्यीय मन्त्रिपरिषद गठन



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

पाँच राजनीतिक दलका र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजनाले यसअघि कायम १० मन्त्रालय फुटाएर बढाउने तयारी गरिएकाे छ ।