कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र



विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सोमबार नेकपा मओवादी केन्द्र संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हाे ।

बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरुले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।

दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत कोशीको मुख्यमन्त्री बन्दा एमालेका ३९ प्रदेश सासंदले समर्थन गरेका थिए ।