कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कँडेललाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परियारसमक्ष दाबी पेस गरिएको थियाे ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५:५० बजेभित्र समय दिएका थिए ।