कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेल नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।