सुदूरपश्चिममा नागरिक उन्मुक्तिको नेतृत्वमा सरकार बनाउने सहमति

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको नेतृत्वमा सरकार बनाउने सहमति



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बनाइने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नाउपाकी अध्यक्ष रन्जीता श्रेष्ठसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको हाे ।

शुक्रबार बनाइने नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले जानकारी दिइन् ।

त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको उनले बताइन् । नागरिक उन्मुक्तिको नेतृत्वमा नयाँ सरकार बन्ने खुसीमा सामेल हुन आफु आज सुदूरपश्चिम जाने पनि उनले बताइन् । पार्टीमा केही समय देखिएको मतभेद पनि टुंगिसकेको उनको भनाइ छ ।