मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल



काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालविरुद्ध मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ ।