सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी


ग्लोब नेपाल
162
Shares

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन ।

विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ । 

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।