सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल पेस गर्न आदेश

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल पेस गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ ।

न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।

‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घ बहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।