मोटरसाइकल बोलेरो जीपसँग ठक्कर खाँदा तीन जनाको मृत्यु

मोटरसाइकल बोलेरो जीपसँग ठक्कर खाँदा तीन जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहान करिब साढे पाँच बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बोलेरो जीप एक आपसमा ठक्कर खाँदा शिवसताक्षी-८ स्थित झिलझिलेमा सो दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै र एकजनालाई बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

मृतकको नाम थर वतन खुल्न सकेको छैन । दुईजना अन्दाजी २५ वर्षका र एकजना १६ वर्षको रहेको प्रहरीले जनाएको छ । बोलेरो जीप र चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए ।