काठमाडौँ आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली

काठमाडौँ आइपुग्यो वेस्ट इन्डिजको ‘ए’ टोली



काठमाडौँ । नेपालसँग ५ टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौँ आइपुगेको छ ।

टोली बुधबार बिहान त्रिभुवन विमानस्थल ओर्लिएको हो । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल आइतबार हुने छ । यस्तै तेस्रो खेल बैशाख १६ गते हुने छ । चौथो २० र अन्तिम खेल २२ गते हुने छ । सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो ।

उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।