लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी



काठमाडौँ । लुम्बिनीका विना विभागीय ७ जना मन्त्रीले जिम्मेवारी पाएका छन् ।

बुधबार मुख्यमन्त्री जोख बहादुर महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्री, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिएका हुन् ।

ढकाल, पन्थी, केसी र खत्री एमालेबाट मन्त्री बनेका हुन् भने चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् ।

एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाएका थिए ।