सागर ढकालले लिए एकै ओभरमा दुई विकेट

सागर ढकालले लिए एकै ओभरमा दुई विकेट



काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।

उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए । लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर १८ रन जोडेको छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन् ।

साथै वेस्ट इन्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ‘ए’ सँग सिरिज खेलेको हो ।