सन्दीपको मुद्दा न्यायाधीश चन्द र ज्ञवालीको इजलासमा

सन्दीपको मुद्दा न्यायाधीश चन्द र ज्ञवालीको इजलासमा



काठमाडौं । बलात्कार अभियोगमा दोषी प्रमाणित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको छ । लामिछाने र गौशाला २६ (छ)का तर्फबाट सरकारी वकिलले दायर गरेको मुद्दा सो इजलासमा आइतबार छैटौँ नम्बरमा परेको छ ।

अन्तिम सुनुवाइका निम्ति यही वैशाख १० गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।