बझाङमा एमाले उम्मेदवार भण्डारी दोब्बर मतले अगाडि

बझाङमा एमाले उम्मेदवार भण्डारी दोब्बर मतले अगाडि



बझाङ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन् ।

छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी ७५७ मत पाएका छन् । भने कांग्रेसका सिंहले ३८० मत पाएका छन् ।

यस्तै माओवादीका जनक बुढाले २२६ मत पाउँदा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।