बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी



बझाङ । बझाङ प्रदेशसभा १ ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे । भण्डारीले सिंहलाई २६६ मतले हराएका हुन् ।

नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।