सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा बनिन् कृषि मन्त्री

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा बनिन् कृषि मन्त्री



धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।

नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।

वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।