रोशी गाउँपालिकाको महादेवटारमा भिषण आगलागी, १५ घर जलेर नष्ट

रोशी गाउँपालिकाको महादेवटारमा भिषण आगलागी, १५ घर जलेर नष्ट


ग्लोब नेपाल
54
Shares

काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा भिषण आगलागी भएको छ । आगलागीबाट १५ घर जलेर नष्ट भएका छन् । आगोलागीका कारण मानवीय क्षति भने नभएको बताइएको छ ।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

पानी पर्याप्त नभएको र आगलागी ठूलो क्षेत्रमा फैलिएकाले आगलागी नियन्त्रण कठिन भई घर जलेको स्थानीयको भनाई छ ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।