चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य



काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् । 

त्यसैगरी नेपाली बलर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।