काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा आज राति बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । दोस्रो सेमिफाइनलको पहिलो लेगको खेल राति पौने १ बजे डर्टमन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा हुनेछ ।
क्वार्टरफाइनलमा जर्मन क्लब डर्टमन्डले स्पेनी क्लब एट्लेटिको मड्रिड र फ्रान्सेली क्लब पीएजसीले अर्काे स्पेनी क्लब बार्सिलोनालाई हराएर अन्तिम चारमा पुगेका हुन् । डर्टमन्डले एथ्लेटिकोलाई ५–४ र पीएसजीले बार्सिलोनालाई ६–४ गोलले हराएको थियो । डर्टमन्डले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने पीएसजी अहिलेसम्म विजेता बन्न सकेको छैन ।
च्याम्पियन्स लिगमा हिजो राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिख र रियल मड्रिडले २–२ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
प्रतिक्रिया