धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)काे रेशम चौधरी पक्षले विश्वासको मत नदिने भएकाे छ ।
आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सोडारीलाई पार्टीका संसदीय दलका प्रमुख सचेतक खुशीराम डंगौरा थारुले विश्वासको मत नदिन निर्देशन जारी गरेका छन् । थारु नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षका हुन् ।
आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइए पनि बस्न सकेन ।
त्यसैगरी मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने वा नदिने विषयमा सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।
प्रतिक्रिया