दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार



विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।

हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएकाे छ । उनी दमकमा डेरा गरी बसेर पढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।