धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि शुक्रबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
सभामुख भीमबहादुर भण्डारीले प्राविधिक कारण आजको प्रदेशसभाको बैठक स्थगित गरिएको र भोलिसम्म प्रदेशसभाको बैठक बस्ने सम्भावना रहेकाे बताए ।
एमालेले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडान राखेपछि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया