वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य



काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।