माधव नेपाल प्रधानमन्त्री बन्न दमको विरामीजस्तै हर्‍याकहर्‍याक गरिरहेका छन्ः अध्यक्ष ओली

माधव नेपाल प्रधानमन्त्री बन्न दमको विरामीजस्तै हर्‍याकहर्‍याक गरिरहेका छन्ः अध्यक्ष ओली


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्रीका लागि दमको विरामी जस्तै हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरेका छन् ।

एमाले रसुवाको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुन आँटेकाले अरुले आफुलाई मन नपराएको समेत थाहाँ नपाएको बताए ।

‘अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर परेको छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो थहाँ नपाएको ?’ ओलीको भनाइ छ ।

केही दिन अघि समाजवादीका अध्यक्ष माधबकुमार नेपालले पार्टी निकट अनेमासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री हुन लाग्यो भनेर केहीलाई भतभति पोलेको बताएका थिए । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्,’ नेपालले भनेका थिए ।

नेपालको सोही टिप्पणी्प्रति लक्षित प्रतिक्रिया दिदै ‌ओलीले नेपालको प्रधानमन्त्री बन्ने चाहना सोम शर्माको सातुको कथासँग तुलान गर्दै प्रधानमन्त्री हुने चाहाना सपना मात्र रहेको बताए ।

ओलीले संवोधनको क्रममा भने ‘मलाई अचम्म लाग्छ, ताजुब लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुन मात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अलि घाम लागेको नि फुट्थ्यो पानी आए पनि फुट्थ्यो ।

ओलीले सुनाएको सोम शर्माको कथा के हो ?
…..सोम शर्मा नाम गरेको एक ब्राम्हण थियो । दिनभरि मागेर ल्याएको पिठो-चामलले उसको गुजरा चल्दथ्यो । एक साँझ गाउँ घुमेर लखतरान भई ओच्छ्यानमा ढल्केको थियो । माथि झुण्ड्याएको पिठो-चामलको घैंटो हेर्दै कल्पिन थाल्यो ।

“…..मागेर ल्याएको चामल-पिठो धेरै जम्मा गर्दछु । त्यसलाई बेचेर धेरै पैसा बनाउँछु । अनि राम्री स्वास्नी बिहे गर्दछु । सुरुदेखि नै त्यसलाई कज्याएर राख्छु । भनेको मानिन भने यसरी लात्ताले भ्वाक्क् हान्छु ।” उसको लात्तीले पिठोको घैंटो फुट्यो । त्यो सबै भुईंमा पोखियो ।