जोगबनी नाका आज साँझदेखि ३ दिनसम्म बन्द हुने

जोगबनी नाका आज साँझदेखि ३ दिनसम्म बन्द हुने


ग्लोब नेपाल
108
Shares

विराटनगर। भारतमा बैशाख २५ गते अर्थात ७ मे मा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको सिमानाका जोगबनी नाका ३ दिन बन्द गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका बैशाख २३ गते साँझ ६ बजे देखि बैशाख २५ गते राति १२ बजे सम्म नाका सिल गरिने भएको हो ।

यसैगरी मोरङको सिमा क्षेत्र पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए ।