सन्दीपको मुद्दाको अर्को पेशी जेठ १ गते

सन्दीपको मुद्दाको अर्को पेशी जेठ १ गते



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । उच्च अदालतमा दर्ता मुद्दाको पेसीमा आज न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित भएको थियो ।

आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा थियो । उनको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा थियो ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘हेर्न नमिल्ने’ मा राखिएको हाे ।

यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ ।